शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : स्थानीय बजारमा आइतबार पहेंलो धातुको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेको छ। अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो।

यस्तै चाँदी आज तोलामा रु १० ले घटेको छ। शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP