आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

ललितपुरको हात्तीवनमा उनीहरूबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको थियो । प्रचण्ड बालुवाटारबाट निस्किए लगत्तै अध्यक्ष नेपाल देउवाँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

देउवासँग प्रचण्ड र नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेपछि सत्ता गठबन्धनमा आबद्ध दलका यी दुई नेता आपसमा छलफलमा जुटेका हुन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम अन्तिमतिर पुगिरहेका बेला नयाँ सरकार गठनका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनका नेताहरुसँग संवाद अगाडि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP