मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अधिकांश स्थानको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय निर्वाचन क्षेत्रमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । यस पटकको निर्वाचनबाट २७ वर्षीय युवादेखि ८० वर्षीय ज्येष्ठ नागरिकसम्म सांसद निर्वाचित भएका छन् ।

यस पटक प्रायः सबैजसो पार्टीका अध्यक्षहरू समेत उम्मेदवार रहेका थिए । जसमध्ये एक जना बाहेक सबैले निर्वाचनमा जित हासिल गरेका छन् । यहाँ उम्मेदवार भएर जित हासिल गरेका पार्टी प्रमुखहरूबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि डडेलधुराबाट उम्मेदवार थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले चुनाव जितेका छन् । सभापति देउवा २५ हजार ५३४ मतसहित डडेल्धुराबाट सातौं पटक निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४१ मत ल्याएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार थिए । अध्यक्ष ओलीले यस पटक पनि झापा ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जितेका छन् । अध्यक्ष प्रचण्डले २६ हजार १०३ मत प्राप्त गरेका छन् । उनका निकटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि विजयी भएका छन् । रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका अध्यक्ष नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याएका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। केसीले २१ हजार ४५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत ल्याएका थिए । चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई हराउँदै लामिछाने निर्वाचित बनेका हुन् ।

अध्यक्ष लामिछानेले लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । भने कांग्रेसका उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि चुनाव जितेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराउँदै ४० हजार ६ सय ४८ मतसहित अध्यक्ष लिङ्देन विजयी बनेका हुन् । सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बने ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन् । अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याएका थिए । कार्यालयले जनाएको छ ।

सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनतम पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पनि चुनाव जितेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै अध्यक्ष राउत निर्वाचित भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।

नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ चौधरी पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेकी चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गर्दै विजयी बनेकी हुन् । श्रेष्ठले ३० हजार ४ सय ४ मत प्राप्त गरेकी छन् । भने, उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले १८ हजार ८९ मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP