बुधबार , बैसाख १७, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ ।

जारी मतगणनामा नेकपा (एमाले) २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ८३ हजार पाँच सय २२ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख १३ हजार नौ सय ११, छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले तीन लाख चार सय ४९ र सातौँ स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ३५ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।

यस्तै जनमत पार्टीले दुई लाख ३४ हजार एक सय २७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख दुई हजार ७९, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २२ हजार पाँच सय ५७, नेपाल मजदुर किसान पार्टीले ७० हजार तीन सय ७१, हाम्रो नेपाली पार्टीले ४९ हजार छ सय २७, मङ्गोल नेशनल अर्गनाइजेशनले ४४ हजार दुई सय आठ र राष्ट्रिय जनमोर्चाले ४३ हजार नौ सय २६ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ राजनीतिक दलमध्ये अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार पाँच सय चार मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP