बुधबार , बैसाख १७, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार १.६८ प्रतिशतले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अङ्कले बढेर ३८६.२६ विन्दुमा पुगेको छ। यस्तै, बिहीबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको र ९२ करोडभन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६९ कम्पनीको शेयर कारोबार वृद्धि हुँदा २० कम्पनीको मूल्य ओरालो लागेको छ । यस्तै, दुई कम्पनी स्थिर छ । कुल १९१ कम्पनीको कारोबार हुँदा ४२ लाख २३ हजारभन्दा बढी शेयर कित्ता किनबेच हुँदा दुई अर्ब दुई करोड ५४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । आज यस कम्पनीको ४५ करोड चार लाख बराबरको शेयर कारोबार भएको छ । दोस्रोमा नबील बैंक र तेस्रोमा नेपाल दूरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये एक उपसुचक घटेको छ भने बाँकी सबै बढेका छन् । कारोबारमा माइक्रो फाइनान्स ३.०७ प्रतिशतले बढेको छ । फाइनान्स र म्यानुफेक्चरिङ प्रोसेसिङको शेयर मूल्य दुई प्रतिशत भन्दा बढीले बढेको छ । यी तीन कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्।

यस्तै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बिमा, निर्जीवन बिमा, अन्य र ट्रेडिङ इन्डेक्समा एक प्रतिशतभन्दा माथि बढेको नेप्सेले जानाएको छ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तिय संस्थाको ७.४३ प्रतिशतले कारोबार वृद्धि भएसँगै शेयर बजारमा हरियाली छाएको छ ।

#

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP