शनिबार , असार १३, २०८३

काठमाडौँ । प्रतिनिधि सभा समानुपातिकतर्फ अहिलेसम्म ८२ लाख ४६ हजार ६३० मत गणना भएको छ । हालसम्म गणना भएको मत विवरण अनुसार नेकपा एमालेको अग्रता कायमै छ । कांग्रेस र माओवादी क्रमशः दोस्रो र तेस्रो बनेका छन् । निर्वाचन आयोगको आज बिहान ७ बजेसम्मको विवरण अनुसार एमालेले समानुपातिकतर्फ २२ लाख ७७ हजार २९० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २१ लाख ७२ हजार २२०, माओवादी केन्द्रले ९ लाख ५२ हजार ८३१ मत पाएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ ।

उसले ९ लाख १५ हजार ४८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ८०६, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार २३४, नेकपा (एकीकृत समाजवादी) २ लाख १४ हजार ७५२, जनमत पार्टीले २ लाख ९ हजार ८२७, नागरिक उन्मुक्ति पार्टीले १ लाख ९६ हजार ६६५ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख १५ हजार १८८ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP