शनिबार , असार १३, २०८३

बुटवल। रुपन्देहीको तिलोत्तममा यही मंसिर १५ देखि २६ गतेसम्म दोस्रो राष्ट्रि«य औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको छ । कोभिड १९ को कारण उपयुक्त वातावरणमा मेला संचालन गर्न नपाएका उद्योगी ब्यवसायीले यसपटक मंसिर १५ बाटै मेला शुरु गर्नेभएका हुन् ।
तिलोत्तमा उद्योग ब्यपार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स, तिलोत्तमा उद्योग बाणिज्य संघको सहआयोजनामा मेला हुन लागेको मेला मुल आयोजक समितिका संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।

जीएमका अनुसार मेला विभिन्न २ सयदेखि ३ सयसम्म स्टलहरु रहेने छन् । मेलाको करिब १५ लाख दर्शक उपभोक्ताले अवलोकन गर्ने अपेक्षा लिइएको जीएमले बताए । मेलामा विभिन्न गतिविधिहरु गरिने छन् । मेलामा महिला कुस्ती प्रतियोगिता, मम्मी डान्स, डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरु राखिने जीमले उल्लेख गरे । मेलामा आकर्षक सेल्फी जोनको पनि निमार्ण गरिने र आकर्षक प्यागोडा शैलीको गेट समेत निर्माण गरिने उनले उल्लेख गरे । मेलाले औधोगिक बिकासमा टेवा पुर्याउने उनले विश्वास ब्यक्त गरे ।

मेला अवधिभर स्थानीय तथा राष्ट्यि कलाकारहरुको संगीतिक प्रस्तुति रहने सांस्कृतिक संयोजक भूपति न्यौपानेले बताए । मेलामा विद्यालयक स्तरका नृत्य प्रतियोगिता समेत राखिएको नृत्य प्रशिक्षक तिर्सना बुढाथोकीले जानकारी दिइन् ।

कोभिड १९ पछि खुलेर मेला संचालन नभएको अवस्थामा यो मेला सबैका लागि आकर्षक हुने तिलोत्तमा चेम्बर अफ कमर्शका संस्थापक जेपी कडेंलले उल्लेख गरे । आम उपभोक्ता र ब्यापारी ब्यवसायीलाई नजिक बनाउन यो मेलाले सहज भुमिका खेल्ने विश्वास उनले ब्यक्त गरे । मेलामा कृषि र पर्यटनलाई पनि टेवा पुग्ने गरी स्टलहरु सहभागि गराईने तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भूसालले बताए ।

मेला अविधिभर संचारकर्मी, कुटनीतिक निकायका प्रतिनिधि तथा सरकारी निकायका कर्मचारीलाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको प्रचारप्रसार संयोजक सूर्य चापागाईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP