बुधबार , बैसाख १७, २०८२

बुटवल। बुटवलमा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन शुक्रबार बुटवल उपमहानगरपालिकामा लैंगिक हिंसाविरुद्धको सेतो रिवन लगाएर शुरुवात गरिएको हो ।

अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लैंगिक हिंसाविरुद्ध उपमहानगरपालिका शुन्य सहनशीलताको नीति लिएर अघि बढेको र कुनै पनि खालका हिंसाको विरुद्धमा उभिने बताउनुभयो ।

उहाँले स्थानीय सरकारका हिसाबले बुटवलले हिंसा न्यूनीकरण गर्न र दोषीलाई कानूनी दायरामा ल्याउनका लागि अग्रपंक्तिमा उभिने बताउनुभयो ।
उहाँले यो अभियान १६ दिनसम्म प्रत्येक वडा र सार्वजनिक स्थलहरुमा सचेतनामूलक कार्यक्रम गर्दै सञ्चालन हुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले लैंगिक हिंसाविरुद्ध उभिन र हिंसाको कानूनी उपचार खोज्नका लागि आह्वान गर्नुभयो । उहाँले हिंसाविरुद्धको अभियानलाई सामाजिक अभियानका रुपमा अघि बढाउनका लागि अनुरोध गर्नुभयो ।

अभियानअन्तरगत वडास्तरमा हस्ताक्षर, अन्तरक्रिया, आत्मसुरक्षा तालिमजस्ता कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

अभियानमा विभिन्न संघसंस्थाहरुको सहभागितामा कार्यक्रमहरु सञ्चालन हुने सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP