सोमबार , भाद्र १५, २०८३

बुटवल। बुटवलमा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन शुक्रबार बुटवल उपमहानगरपालिकामा लैंगिक हिंसाविरुद्धको सेतो रिवन लगाएर शुरुवात गरिएको हो ।

अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लैंगिक हिंसाविरुद्ध उपमहानगरपालिका शुन्य सहनशीलताको नीति लिएर अघि बढेको र कुनै पनि खालका हिंसाको विरुद्धमा उभिने बताउनुभयो ।

उहाँले स्थानीय सरकारका हिसाबले बुटवलले हिंसा न्यूनीकरण गर्न र दोषीलाई कानूनी दायरामा ल्याउनका लागि अग्रपंक्तिमा उभिने बताउनुभयो ।
उहाँले यो अभियान १६ दिनसम्म प्रत्येक वडा र सार्वजनिक स्थलहरुमा सचेतनामूलक कार्यक्रम गर्दै सञ्चालन हुने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले लैंगिक हिंसाविरुद्ध उभिन र हिंसाको कानूनी उपचार खोज्नका लागि आह्वान गर्नुभयो । उहाँले हिंसाविरुद्धको अभियानलाई सामाजिक अभियानका रुपमा अघि बढाउनका लागि अनुरोध गर्नुभयो ।

अभियानअन्तरगत वडास्तरमा हस्ताक्षर, अन्तरक्रिया, आत्मसुरक्षा तालिमजस्ता कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

अभियानमा विभिन्न संघसंस्थाहरुको सहभागितामा कार्यक्रमहरु सञ्चालन हुने सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP