मंगलबार , बैसाख २९, २०८३

पाल्पा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा नेकपा एमालेका खेमबहादुर सारु निर्वाचित भएका छन् । सारुले निकटतम प्रतिस्पर्धी कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरमा पराजित गरेका हुन् ।

सारुले १४ हजार २ सय ९६ मत ल्याए भने कांग्रेसका खनालले ९ हजार ५ सय ५ मत प्राप्त गरेका छन् । लामो समय शैक्षिक क्षेत्रमा सक्रिय सारु यस पटक प्रदेशसभामा उम्मेदवार बनेका हुन् । तानसेनमा निजी विद्यालय सञ्चालन गरेकार बसेका सारु पार्टी कमिटीमा बसेर समेत सघाउँदै आएका थिए । उनले कृषिको आधुनिकीकरण, खानेपानी, सडक, भौतिक पूर्वाधार, शिक्षालगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धताका साथ जनतामाझ पुगेका थिए ।

सारु र खनालसँगै मंगोल नेसनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार १ सय ८६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३ सय ९९ मत पाएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ७४ मत पाएका छन् । पाल्पा क्षेत्र नम्बर १ (१) मा एमालेबाटै राजुप्रसाद श्रेष्ठ निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP