मंगलबार , बैसाख २९, २०८३

नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा नदिइ पदमा टाँसिएर बसेको भन्दै आक्रोश पोखेका छन् ।
ओली पक्षले सत्तामा टाँसिरहने नियतका साथ सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा बोकेर हिँड्न थालेको आरोप समेत लगाए ।

शनिबार गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा उनले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपछि उनीहरुको योजना कुनैपनि हालतमा सफल हुन नसक्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै उनले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताए ।
उनले भने, ‘संसद पुनःस्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको श्रृखंला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ ।’

उनले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने उनले बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने बताउँदै उनले भने , ‘मलाई पूरा विश्वास छ, नेपाली काँग्रेस, जसपा लगायतका राजनीतिक दलहरुले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

कार्यक्रममा पार्टीभित्रका एकताका बाँकी कामहरु छिट्टै पूरा गर्ने र गोर्खाको समग्र विकास निर्माण र पार्टी निर्माणको विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP