सोमबार , भाद्र १५, २०८३

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार हरि प्रसाद उप्रेती विजयी भएका छन् । गठवन्धन पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई सात सय ७० मतान्तरले पराजित गर्दै एमाले नेता हरिप्रसाद उप्रेती विजयी भए ।

नेता उप्रेतीले २३ हजार नौ सय ३८ मत प्राप्त गरे भने, गठवन्धन उम्मेदवार माओवादीका नेता साहले २३ हजार एक सय ६८ मत मात्र प्राप्त गरे । उनीहरुबीच मत गणनाको अधिकांश समय अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो । दुबै उम्मेदवारले पालैपालो अग्रता कायम गरेका थिए ।

यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत पाए भने, राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार पञ्च बहादुर सिंतानले तीन हजार पाँच सय ६६ मत प्राप्त गरे । यस क्षेत्रमा २०७४ को निर्वाचनमा यस चुनावमा माओवादीका उम्मेदवार साहलाई पराजित गर्दै नेकपा माओवादीका रामेश्वर राय यादव विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP