शनिबार , असार १३, २०८३

झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रको दुरुपयोग गरी बुथ कब्जा गर्ने प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै विजय जुलुस मनाउन बिहीबार गृह जिल्ला पुगेका एमाले अध्यक्ष ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।

‘मतदानका क्रममा हेलिकोप्टरबाट गुण्डा ओसारेर आतंक मच्चाउने, तरबार लिएर गेटमा बस्ने कुरा चिन्ताको विषय बनेको छ,’ ओलीले भने, ‘सत्ता प्रायोजित गुण्डागर्दी, बुथ क्याप्चर, हिंसा जस्ता घटना अशोभनीय मात्र होइन, दुःखद र निन्दनीय पनि हो ।’
लोकतन्त्रका निम्ति यी कुराहरू निक्कै चुनौतीपूर्ण भएको उनले बताए । ‘अभिमतले के परिणाम दियो त्यो आफ्नो ठाउँमा छ । जसलाई बलजफ्ती हराइएको छ वा हराउन खोजिएको छ । ‘त्यसप्रति मेरो असहमति छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको प्रसङ्गमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले भने, ‘यो कुनै ठूलो कुरा होइन, त्यो मामुली कुरा हो ।’ ‘धेरै उदय भयो भनेर जस्तो प्रचारप्रसार ग¥यो, वास्तवमा त्यो मिडियाको कृपा हो,’ उनले थपे ।

यता भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्न, मतदातालाई धन्यवाद दिन र विजय जुलुसमा सहभागी हुन दमकतर्फ प्रस्थान भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP