सोमबार , भाद्र १५, २०८३

काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्याङ्क पनि सार्वजनिक गरिरहेको छ ।

आज (बिहीबार) बिहान ७ः२३ सम्मको परिणामअनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्म नेकपा एमालेले ४ लाख ७० हजार ३५२ समानुपातिक मत ल्याएको निर्वाचन आयोगले जानकारी दिएको छ । दोस्रोमा नेपाली कांग्रेसले ४ लाख ३३ हजार ५२८ मत ल्याएको छ भने २ लाख ४२ हजार ८५० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

यस्तै चौथो स्थानमा रहँदै नेकपा माओवादी केन्द्रले अहिलेसम्म २ लाख २ हजार ५५ समानुपातिक मत ल्याएको छ । यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २७ हजार ४५६ मतका साथ पाँचौं स्थानमा छ ।
हेर्नुस् अरु दलको समानुपातिक मत

जनता समाजवादी पार्टी, नेपाल
५८,४६८
नेपाल मजदुर किसान पार्टी
४४,९४०

नागरिक उन्मुक्ति पार्टी
३२,२६४

जनमत पार्टी
३०,०४९
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
२९,१७८

अन्य
१०,२३२२

स्रोत : निर्वाचन आयोग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP