सोमबार , भाद्र १५, २०८३

डोटी । डोटीबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । आज (बिहीबार) बिहान मतगणना सम्पन्न हुँदा एकीकृत समाजवादीका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP