मंगलबार , बैसाख २९, २०८३

बारा । प्रतिनिधिसभातर्फ बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्षतर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको जानकारी दिएका छन् ।

‘प्रत्यक्ष तर्फको गणनाको आधारमा उहाँहरु फराकिलो मतले प्रतिनिधिसभा र प्रदेश सभाका लागि विजयी हुनु भएको छ,’ उनले भने, ‘तर औपचारिक प्रमाणपत्र भने अन्तिम मत परिणाम आएपछि दिइनेछ ।’

पूर्व श्रम मन्त्री समेत रहेका श्रेष्ठ नेकपा समाजवादीका केन्द्रीय सदस्यसँगै सत्ता गठबन्धन तर्फबाट उम्मेदवार थिए । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् ।

श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।

प्रदेशसभामा एमालेका देवनारायण र लोसपाका जितेन्द्र विजयी
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार प्रदेशसभा (क) मा नेकपा एमालेका देवनारायण थारु (चौधरी) विजयी भएका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पराजित गरे । चौधरीले १३ हजार २ सय १३ मत ल्याए भने उनका प्रतिस्पर्धी क्षेत्रबहादुरले ९ हजार ४ सय ५६ मत ल्याए । नेकपा एमालेका पुर्व जिल्ला अध्यक्षसमेत रहेका चौधरी पूर्व शिक्षक हुन् ।

यस्तै प्रदेश सभा (ख) मा लोसपाका नेता जितेन्द्र सोनल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमाले र जसपाका संयुक्त उम्मेदवार आत्माराम साहलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । सोनलले १३ हजार ५ सय ९६ मत ल्याए भने साहले ८ हजार २ सय ६२ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP