सोमबार , भाद्र १५, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक लाख मत कटाएको छ । निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म माओवादी केन्द्रले एक लाख ३६४ मत प्राप्त गरेको छ ।

प्रत्यक्ष तर्फ मतगणना चलिरहेका १७ क्षेत्रमा अग्रता कायम राखे पनि माओवादी केन्द्रले अहिलेसम्म एक सीट पनि जित्न सकेको छैन ।

पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जीत दर्ता गरेको छ भने समानुपातिकमा पनि माओवादीले भन्दा धेरै मत प्राप्त गरेको छ । समानुपातिक मतमा एमाले सबैभन्दा अगाडि छ। दोस्रोमा कांग्रेस र तेस्रो स्थानमा रास्वपा छ ।

प्रतिनिधिसभा समानुपातिकमा कसको कति मत ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२४१५९४

नेपाली काँग्रेस
२१८७०७

राष्ट्रिय स्वतन्त्र पार्टी
१११३९४

माओवादी केन्द्र
१००३६४

राष्ट्रिय प्रजातन्त्र पार्टी
५७२३६

जनता समाजवादी पार्टी, नेपाल
१८७४७

जनमत पार्टी
१७५६३

नेपाल मजदुर किसान पार्टी
१६४७७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१३२२४

नागरिक उन्मुक्ति पार्टी
११७३४

अन्य
५०००२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP