आइतबार , बैसाख ७, २०८२

काठमाडौँ । प्रतिनिधि सभातर्फ आज (बुधबार) बिहानसम्म २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार बिहान ९ बजेसम्म देशभरका २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

२२ मध्ये नेपाली कांग्रेसले १३ क्षेत्रमा जित निकालेको छ । मत गणना चलिरहेका प्रतिनिधि सभाका ४१ स्थानमा कांग्रेसको अग्रता लिइरहेको छ । त्यसैगरी एमालेले ३ क्षेत्रमा जित निकालेको छ । एमाले पनि ४२ क्षेत्रमा अग्रता कायम गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जित निकाल्दा ८ क्षेत्रमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार १–१ क्षेत्रमा विजयी भएका छन् ।

१७ क्षेत्रमा अग्रता कायम राखे पनि अहिलेसम्म माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोल्न सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले देशका ५ क्षेत्रमा अग्रता कायम छ । जसपाले पनि प्रतिनिधिसभामा अहिलेसम्म खाता खोल्न सकेको छैन ।

एकीकृत समाजवादी ७, राप्रपा ५, नागरिक उन्मुक्ति पार्टी ४ र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) का उम्मेदवारले ३ क्षेत्रमा अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा लोसपाले पनि अहिलेसम्म खाता खोल्न सकेको छैन । मत गणना चलिरहेका प्रतिनिधिसभाका ५ क्षेत्रमा रास्वपाले अग्रता कायम राखेको छ ।
बुधबार बिहान ९ बजेसम्म परिणाम आएका क्षेत्र

नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १– प्रकाशमान सिंह
४. काठमाडौं ३– सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा– मोहन आचार्य
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २– शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं १०– राजेन्द्र कुमार केसी
१२. पर्सा ४– रमेशकुमार रिजाल
१३. सुर्खेत २– हृदयराम थानी

नेकपा एमाले
१. उदयपुर २– अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २– प्रेमबहादुर महर्जन

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७– गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम

एकीकृत समाजवादी
१. अछाम १– शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP