मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । प्रतिनिधि सभातर्फ आज (बुधबार) बिहानसम्म २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये बुधबार बिहान ९ बजेसम्म देशभरका २२ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

२२ मध्ये नेपाली कांग्रेसले १३ क्षेत्रमा जित निकालेको छ । मत गणना चलिरहेका प्रतिनिधि सभाका ४१ स्थानमा कांग्रेसको अग्रता लिइरहेको छ । त्यसैगरी एमालेले ३ क्षेत्रमा जित निकालेको छ । एमाले पनि ४२ क्षेत्रमा अग्रता कायम गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ क्षेत्रमा जित निकाल्दा ८ क्षेत्रमा अग्रता कायम गरेको छ । एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार १–१ क्षेत्रमा विजयी भएका छन् ।

१७ क्षेत्रमा अग्रता कायम राखे पनि अहिलेसम्म माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोल्न सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले देशका ५ क्षेत्रमा अग्रता कायम छ । जसपाले पनि प्रतिनिधिसभामा अहिलेसम्म खाता खोल्न सकेको छैन ।

एकीकृत समाजवादी ७, राप्रपा ५, नागरिक उन्मुक्ति पार्टी ४ र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) का उम्मेदवारले ३ क्षेत्रमा अग्रता कायम राखेका छन् । प्रतिनिधिसभामा लोसपाले पनि अहिलेसम्म खाता खोल्न सकेको छैन । मत गणना चलिरहेका प्रतिनिधिसभाका ५ क्षेत्रमा रास्वपाले अग्रता कायम राखेको छ ।
बुधबार बिहान ९ बजेसम्म परिणाम आएका क्षेत्र

नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १– प्रकाशमान सिंह
४. काठमाडौं ३– सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा– मोहन आचार्य
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २– शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११. काठमाडौं १०– राजेन्द्र कुमार केसी
१२. पर्सा ४– रमेशकुमार रिजाल
१३. सुर्खेत २– हृदयराम थानी

नेकपा एमाले
१. उदयपुर २– अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २– प्रेमबहादुर महर्जन

राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७– गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम

एकीकृत समाजवादी
१. अछाम १– शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा

नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP