आइतबार , बैसाख ७, २०८२

बाली । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ । सोमबार गएको भूकम्पमा सयौं घाइते भएका छन् । ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर (४५ माइल) दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।

भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये केहीको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सयौँ घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइले जनाएको छ । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।

भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ । त्यस्तै, भूकम्पका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ सय घरमा क्षति पुगेको र कम्तीमा ५ हजार मानिस विस्थापित भएका सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP