शनिबार , असार १३, २०८३

बाली । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ । सोमबार गएको भूकम्पमा सयौं घाइते भएका छन् । ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर (४५ माइल) दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।

भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये केहीको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सयौँ घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइले जनाएको छ । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।

भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ । त्यस्तै, भूकम्पका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ सय घरमा क्षति पुगेको र कम्तीमा ५ हजार मानिस विस्थापित भएका सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP