शनिबार , भाद्र १३, २०८३

काठमाडौ । कतार विश्वकपको आफ्नो पहिलो खेलमा अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राति अहमद बिन अलि मैदानमा अंक बाँडेसँगै समूह ‘बी’ मा सबै टोलीले एक एक खेल पूरा गरेका छन् ।

इङ्ल्यान्ड तीन अंकसहित शीर्षस्थानमा छ । उसले इरानलाई ६–२ अन्तरले सोमबार नै पराजित गरेको थियो । वेल्स र अमेरिकाको एक–एक अंक रहँदा इरान बिना अंक पुछारमा छ ।

यस अघि खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको अमेरिका दोस्रो हाफमा गोल बेहोर्न पुगेको थियो । बेलले ८२औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टोलीको हार टारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP