शनिबार , असार १३, २०८३

बुटवल । पत्रकार एनवि (नरबहादुर) कंडेलकाे निधन भएकाे छ । रुपन्देहीमा कृयाशिल पत्रकार कंडेलकाे शुक्रबार राती दुर्घटनामा परि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
बुटवलदेखि भैरहवा तर्फ जाँदै गरेकाे लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडलेलाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले सिद्धार्थ राजमार्गमा पर्ने रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा न. २ जानकीनगरमा ठक्कर दिएकाे थियाे ।
ठक्करबाट घाईते भएका सैनामैना नगरपालिका वडा नं. १ का अन्दाजी ३५/३६ वर्षीय कंडेलकाे उपचारकाे क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी गराएकाे हाे ।
ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP