मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । नेपालले तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले निर्णायक सिरिजमा यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजे शुरु हुने जनाइएको छ । आजको खेल सिरिजको निर्णायक खेल हो । दुई टोलीबीचको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा यूएई ८४ रनले विजयी भएको थियो । नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराएको छ । आजको खेलमा जित निकाल्दै घरेलु टोली नेपाल सिरिज आफ्नो बनाउने योजनामा छ । आजको सिरिज जितेमा नेपालले घरेलु भूमिमा पहिलो पटक दुई देशीय सिरिज जित्ने छ ।

पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एक दिवसीय सिरिज घरेलु भूमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २–० ले हारेको थियो । नेपाल र यूएईबीचको हालसम्म ८ एक दिवसीय खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने यूएईले ५ खेल जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP