शनिबार , असार १३, २०८३

बुटवल।रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ ।

सो पार्टीका महामन्त्री तुल्सीराम भुसालले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लौरो अभियानको समर्थन गठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केशव बहादुर थापा, प्रदेश सभा सदस्यका उम्मेद्वार दीर्घबहादुर केसी कुमार र वामदेव क्षेत्रीलाई रहने बताए । उनले रूपन्देही २ मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ घर चिन्हमा, २ (१) तर्फ रूख चिन्हमा र २(२) तर्फ हसिया हथौडामा भोट दिने र अभियानको पूर्ण समर्थन रहेको बताए ।
“एमालेका उम्मेदवार विष्णु पौडेलले हाम्रा उम्मेद्वार निकोलस (कमल) भुसालको राजनीतिक भ्रुण हत्या गरे, निकोलस भुसाललाई न्याय दिन पनि विष्णु पौडेललाई हराउनुपर्छ, उनले भने-युवाहरू एकजुट भएर रूपन्देही २ मा गठबन्धनका साथमा छन्, प्रतिगमनकारी विष्णु पौडेललाई रूपन्देहीबाट हराउनुपर्छ र अग्रगमनलाई विजयी बनाउनुपर्छ।”
रूपन्देही २ मा उम्मेदवारी दिएका निकोलस भुसालको उम्मेदवारी राज्यको सुविधा लिएको भन्दै उजुरी परेपछि निर्वाचन कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । उम्मेदवारी खारेजपछि भुसाल सर्वोच्च अदालत गएपनि अदालतले निर्वाचन कार्यालयको निर्णय सदर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP