मंगलबार , असार ३, २०८२

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (बिहीबार) देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

विभागका अनुसार आज राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना छ । प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP