सोमबार , भाद्र १५, २०८३

चितवन । चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताएका छन् ।

प्रदेश २ =ख) का बिभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको उनले बताए । उनले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताए । यस्तै जलदेवी सामुदायीक वन, राइनोताललगायतका व्यवस्थित गर्न सके आन्तरिकसँगै बाह्य पर्यटकको आवागमन बढ्ने उनको विश्वास छ ।

पर्यटक चितवन आउँदा क्षेत्र नम्बर २ घुम्नै पर्ने किसिमले पर्यापर्यटनको बिकास गर्ने योजना रहेको बताए । ‘पर्यटकहरु चितवनको सौराहा, मेघौली, गोलाघाट घुम्न आउँदा चितवन २ मा पनि रोकिउन् भन्ने उद्धेश्यले यहाँको पर्यटन क्षेत्रको बिकास गर्ने अघि सारेको छु’, जोशीले भने ।

केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने उनको प्रतिवद्धता छ । यसले रोजगारी सृजनाका साथै स्थानीयको आम्दानीको स्रोत पनि बढ्ने उनको विश्वास छ । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकासलाई पनि जोड दिने उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP