सोमबार , भाद्र १५, २०८३

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन् ।

आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो बताए ।

उनले भने, ‘दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।’

परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको बताए । मंसिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे ।

देश विकास गर्नका लागि गठबन्धन : प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहेको बताएका छन् । आज ताप्लेजुङको सदरमुकाममा वाम लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता रहेको बताए ।

देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको जनाउँदै उनले यो गठबन्धन लामो समयसम्म रहने दाबी गरे । उनले भने, ‘संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो । यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ । संविधानको रक्षा गर्दछ ।’ उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP