सोमबार , भाद्र १५, २०८३

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । आज (बुधवार) मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको जिकिर गरे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उनले भने, ‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ । चुनावपछि एमाले नेतृत्वको सरकार बन्छ अनि गठबन्धनको के काम ?’

अध्यक्ष ओलीले नेपालमा एउटै राजनीतिक दलको बहुमत नपुग्दा देशमा जहिल्यै अस्थिरता हुने गरेको बताए । उनले भने, ‘हाम्रो जननी बेलायत हो तर हामी उभन्दा फरक ढङ्गले चलिरहेका छौं । बुहमतीय प्रणालीका कारण कसैको पनि बहुमत नआउने हुँदा हङ पार्लामेन्टको अवस्था आउँछ । त्यसो हुँदा स्वार्थ केन्द्रित राजनीति हुने गरेको छ ।’

एमाले नेतृत्वको सरकार बनेपछि माओवादी शासकीय स्वरूप परिवर्तनको माग गर्दै सडकमा आउँलान् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले चुनावपछि माओवादीको अस्तित्व सकिने जिकिर गरे । मंसिर ४ पछि माओवादी सडकमा जाने स्थितिमा नहुने उनको दावी थियो ।
‘मतपेटिकाबाट एकछिन पनि आँखा यताउता हुन नदिनू’
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा चनाखो रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सुनसरीको दुहबीमा आयोजित आमसभामा ओलीले मतपेटिकाबाट कुनै पनि यताउता हुन नदिन निर्देशन दिएका हुन् ।

‘म एमालेका कार्यकर्तालाई भन्न चाहन्छु, तपाईंहरू आफ्नो आँखाबाट बाकसलाई एकछिन पनि यताउता हुन नदिनुहोस् । एउटा आँखा झिम्कियो भने अर्को खुला राख्नुहोस्, अर्को झिम्कियो भने अर्को खुला राख्नुहोस् । तर, बाकस एकछिन पनि नदेखिनु हुँदैन’, ओलीले भने । आफूले सकसपूर्ण अवस्थामा पनि लोकतन्त्रको रक्षा गरेको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP