मंगलबार , असार ३, २०८२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने जनाएको छ ।

बुधबार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि हल्का चिसो बढ्ने तर पानी नपर्ने जनाएको छ ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको उसले जनाएको छ ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने, उच्च भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP