सोमबार , भाद्र १५, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने जनाएको छ ।

बुधबार तीन दिनको मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि हल्का चिसो बढ्ने तर पानी नपर्ने जनाएको छ ।

शुक्रबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको उसले जनाएको छ ।

शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने, उच्च भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP