मंगलबार , बैसाख २९, २०८३

सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् ।

मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल–रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका चुनावी सामाग्री कर्माचारीले बुझेका छन् । ७२ मध्ये निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ । आयोगले दिएको जिम्मेवारी अनुसार जिल्ला निर्वाचन कार्यलयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।

निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ हजार ५ सय २६ जना कर्माचारी लागेका छन् । यहाँ १ सय ४५ मतदानस्थलमा ३ सय २० मतदान केन्द्र तोकिएको छ । सोमबार र मंलबार गरी १ सय २८ मतदान केन्द्रका कर्माचारीले चुनाव सामग्री बुझेका छन् ।

सिन्धुपाल्चोकमा मतदाताको कुल सङख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ । यो सङख्यामा पुरुष मतदाता १ लाख ३४ हजार ८ सय १५ र महिला मतदाता १ लाख २५ हजार ४ सय ५८ रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा मतदाता सङख्या १ लाख ३० हजार ७ सय ९ रहेको छ । यसमा पुरुष ६७ हजार ६ सय ३१ र महिला मतदाता ६३ हजार ७८ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभामा ६६ हजार ७ सय ५५ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३४ हजार ५ सय १ र महिला मतदाता ३२ हजार २ सय ५४ छन् । निर्वाचन क्षेत्र नम्बर १(ख) प्रदेशमा ६३ हजार ९ सय ५४ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३३ हजार १ सय ३० र महिला मतदाता ३० हजार ८ सय २४ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतदाताको संख्या १ लाख २९ हजार ५ सय ६४ कायम रहेको छ । यहाँपुरुष ६७ हजार १ सय ८४ र महिला ६२ हजार ३ सय ८० रहेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) प्रदेशसभामा ६२ हजार ७ सय ९२ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ३२ हजार ७४ र महिला ३० हजार ८ सय ९८ रहेको छ । क्षेत्र नम्बर २ (ख) प्रदेशसभा निर्वाचन क्षेत्रमा ६६ हजार ५ सय ९२ मतदाता रहेका छन् । यहाँ पुरुष ३५ हजार १ सय १० र महिला ३१ हजार४ सय ८२ छन् ।

जिल्लामा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा १४ जना छन भने क्षेत्र न.२ प्रतिनिधिसभामा १३ जनाउम्मेदवार रहेका छन् । प्रतिनिधिसभा तर्फका प्रमुख दल र उम्मेदवारमा क्षेत्र नम्बर १ नेकपा एमालेका सरेश नेपाल, नेकपा माओवादी केन्द्रका .माधव सापकोटा सुवोध (गठबन्धन), क्षेत्र नम्बर २ नेकपा एमालको शेरबहादुर तामाङ, नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत (गठबन्धन) का उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP