सोमबार , अषोज २६, २०८३

कुनैबेला यस्तो समय पनि थियो की लोक दोहोरीमा राजु परियारको आवाजमा गित भएन भने गित चल्न गाह्रो समय थियो। कम्पनीहरुले पनि लोक गायक राजु परियारको स्वर नभएका गीतलाई बजार पठाउदैनथे । राजु अपरिहार्य थिए , प्राय राजुको आवाज एल्बममा हुन्थ्यो। ठिक अहिले यो समयमा नेपाली लोक गित संगीत खेम सेञ्चुरि मय बनेको छ। खेमले आवाज भरेका खेमले संगीत गरेका गीतहरुले लोक दोहोरीको बजारलाई तताईरहेको छ।

खेमले शृजना गरेको चिया छानेको ,सोचे झैँ जिन्दगी रैनछ महामारी काण्ड , झयालमा पर्दा छ , काचो अनार लगायतका दर्जनौ गीतहरुले नेपाली संगीत बजार तताईरहेको छ। यसै क्रममा अहिलेका उनी चर्चित श्रजक तथा गायक खेम सेञ्चुरि र लक्ष्मी रेग्मीको सहकार्यमा पन्चेबाजाको गीत “बाग्लुङ्गकी नानी “स्वाभिमान क्रियसन प्रा लि मार्फत आज सार्बजनिक भएको छ।

मिलन मगरको शब्द अनि लक्ष्मी रेग्मीको संगीतमा गीत बजारमा आएको हो। गीतमा आवाज खेम र लक्ष्मी रेग्मीको रहेको छ। उक्त भिडियोमा राजू महोत्रा ,अनिल पौडेल ,रबि अधिकारी ,भावाना मगर लगायतका कलाकारको अभिनय रहेको छ।

गीतको छायांकन र सम्पादन अनिश खड्काले गरेका हुन्। गीतको भिडियो निर्देशन चर्चित मोडल तथा निर्देशक राजु महोत्राले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP