बिहिबार , जेठ ९, २०८२

कुनैबेला यस्तो समय पनि थियो की लोक दोहोरीमा राजु परियारको आवाजमा गित भएन भने गित चल्न गाह्रो समय थियो। कम्पनीहरुले पनि लोक गायक राजु परियारको स्वर नभएका गीतलाई बजार पठाउदैनथे । राजु अपरिहार्य थिए , प्राय राजुको आवाज एल्बममा हुन्थ्यो। ठिक अहिले यो समयमा नेपाली लोक गित संगीत खेम सेञ्चुरि मय बनेको छ। खेमले आवाज भरेका खेमले संगीत गरेका गीतहरुले लोक दोहोरीको बजारलाई तताईरहेको छ।

खेमले शृजना गरेको चिया छानेको ,सोचे झैँ जिन्दगी रैनछ महामारी काण्ड , झयालमा पर्दा छ , काचो अनार लगायतका दर्जनौ गीतहरुले नेपाली संगीत बजार तताईरहेको छ। यसै क्रममा अहिलेका उनी चर्चित श्रजक तथा गायक खेम सेञ्चुरि र लक्ष्मी रेग्मीको सहकार्यमा पन्चेबाजाको गीत “बाग्लुङ्गकी नानी “स्वाभिमान क्रियसन प्रा लि मार्फत आज सार्बजनिक भएको छ।

मिलन मगरको शब्द अनि लक्ष्मी रेग्मीको संगीतमा गीत बजारमा आएको हो। गीतमा आवाज खेम र लक्ष्मी रेग्मीको रहेको छ। उक्त भिडियोमा राजू महोत्रा ,अनिल पौडेल ,रबि अधिकारी ,भावाना मगर लगायतका कलाकारको अभिनय रहेको छ।

गीतको छायांकन र सम्पादन अनिश खड्काले गरेका हुन्। गीतको भिडियो निर्देशन चर्चित मोडल तथा निर्देशक राजु महोत्राले गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP