मंगलबार , असार ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेट भएको छ । मेयर साहको कार्यकक्षमा भएको भेटमा प्रमुख शाहले, फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताएका थिए ।

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्ग चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि मेयर साहले आफ्नो योजना सुनाएका थिए । महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै उनले मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र पुनस्र्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण, शैक्षिक गुणस्तर वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायतका क्षेत्रमा काम भइरहेको जानकारी दिए ।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो। राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP