सोमबार , अषोज २६, २०८३

काठमाडौँ, १४ फागुन । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लुकाे संक्रमण देखिएको छ । संक्रमण देखिएपछि थप फैलन नदिन ठूलाे मात्रामा कुखुरा नस्ट गरिएकाे पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार तारकेश्वर नगरपालिका वडा नं १ साङ्लाफाँटमा रहेका कुखुरा फार्महरूमा बर्डफ्लु पुष्टि भएको हो । बर्डब्लु देखिएपछि बिहीबार त्यहाँ रहेका विभिन्न फार्महरूबाट करिब साढे १२ हजार कुखुरा नष्ट गरिएको उनले जानकारी दिए ।

अहिले विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेकाे समेत बताइएकाे छ । बर्डफ्लु नियन्त्रणका लागि बैठकले थप निर्णय गर्ने बताइएकाे छ ।

यसअघि पनि तारकेश्वर क्षेत्रमै बर्डफ्लु देखिएको थियो । काठमाडाैँ लगायत देशका विभिन्न शहरमा बर्डफ्लु भेटिए पनि भारतबाट अवैध रूपमा कुखुराको आयात हुने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP