शनिबार , बैसाख ६, २०८२

काठमाडौँ, १४ फागुन । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लुकाे संक्रमण देखिएको छ । संक्रमण देखिएपछि थप फैलन नदिन ठूलाे मात्रामा कुखुरा नस्ट गरिएकाे पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार तारकेश्वर नगरपालिका वडा नं १ साङ्लाफाँटमा रहेका कुखुरा फार्महरूमा बर्डफ्लु पुष्टि भएको हो । बर्डब्लु देखिएपछि बिहीबार त्यहाँ रहेका विभिन्न फार्महरूबाट करिब साढे १२ हजार कुखुरा नष्ट गरिएको उनले जानकारी दिए ।

अहिले विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेकाे समेत बताइएकाे छ । बर्डफ्लु नियन्त्रणका लागि बैठकले थप निर्णय गर्ने बताइएकाे छ ।

यसअघि पनि तारकेश्वर क्षेत्रमै बर्डफ्लु देखिएको थियो । काठमाडाैँ लगायत देशका विभिन्न शहरमा बर्डफ्लु भेटिए पनि भारतबाट अवैध रूपमा कुखुराको आयात हुने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP