शनिबार , असार १३, २०८३

काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । काठमाडौँ क्षेत्र नं ६ निर्वाचन अधिकृतको कार्यालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का ३२ मतदान केन्द्रका ७५ मतदानस्थलमा खटिने अधिकृतलाई मत खसाल्नेदेखि हुलदङ्गा भएमा के गर्ने भन्नेसम्मको प्रशिक्षण दिइएको सोही क्षेत्रका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

प्रशिक्षणमा प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मतदान गर्ने तरिका, मतपत्र लिने, स्वस्तिक छाप लगाउने, पट्याउने, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिकालगायतका विषयमा सिकाइएको थियो ।

मतदाताले गोप्य मतदान गर्न पाउने अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराएको निर्वाचन अधिकृत खनालले बताए । काठमाडौँ क्षेत्र नं ६ मा निर्वाचनका लागि ६०० कर्मचारी खटिने छन् । सबै मतपत्र र मतदानका लागि आवश्यक पर्ने सामान निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको निर्वाचन अधिकृत खनालको भनाइ छ ।

प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण दिएसँगै अब सबै कर्मचारी आगामी मङ्सिर १ गते बेलुकासम्म सबै कर्मचारी आआफ्नो मतदान केन्द्र र स्थलमा खट्ने छन् ।

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचनको दिनमा प्रयोग गर्ने सवारी पास वितरण गर्ने काम समेत गर्दै आएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै शिवपुरीसम्म निर्वाचन क्षेत्र रहेको काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा ६२ हजार एक सय दुई मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९ र १० तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP