शनिबार , असार १३, २०८३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उकालो लागेको छ । एक सातादेखि लगातार ओरालो लागिरहेको नप्सेमा आजमा हरियाली छाएको हो । नेपाल स्टक एक्सचेन्जका आज नेप्से १.१३ प्रतिशतले बढेको हो ।

आइतबार भने ०.५६ प्रतिशतले गिरावट भएको थियो । आज नेप्से परिसूचक २१.२६ अंकले वृद्धि भई १९०४.४३ विन्दुमा रोकिएको छ । सोमबार १८४ कम्पनीको कारोबार भएसँगै १४८ कम्पनीमा वृद्धि भएको छ भने ३१ कम्पनीमा ओरालो लागे र पाँच कम्पनी स्थिर रहे ।

२४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, तारागाउँ रेजेन्सी होटल ९.८४ प्रतिशत, सप्तकोशी विकास बैंक ८.३९ प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्ट १० करोड ९६ लाख ४३ हजार २७५ र हिमालयन डिस्टिलरी ८ करोड ९९ लाख ५ हजार ८३३ को कारोबार भएको छ । आज सबै उपसमुहमा हरियाली छाएको छ । जसमा म्यानुफ्याक्चरिङ प्रोसेसिङ ३.१३ प्रतिशत, फाइनान्स २.७१ प्रतिशत, अन्य २.३३ प्रतिशत, होटल तथा पर्यटक २.२७ प्रतिशत र विकास बैंक २.२० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP