शनिबार , बैसाख २०, २०८२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजारमा उकालो लागेको छ । एक सातादेखि लगातार ओरालो लागिरहेको नप्सेमा आजमा हरियाली छाएको हो । नेपाल स्टक एक्सचेन्जका आज नेप्से १.१३ प्रतिशतले बढेको हो ।

आइतबार भने ०.५६ प्रतिशतले गिरावट भएको थियो । आज नेप्से परिसूचक २१.२६ अंकले वृद्धि भई १९०४.४३ विन्दुमा रोकिएको छ । सोमबार १८४ कम्पनीको कारोबार भएसँगै १४८ कम्पनीमा वृद्धि भएको छ भने ३१ कम्पनीमा ओरालो लागे र पाँच कम्पनी स्थिर रहे ।

२४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुँदा ९४ करोड ६० लाख ८९ हजारभन्दा बढी कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, तारागाउँ रेजेन्सी होटल ९.८४ प्रतिशत, सप्तकोशी विकास बैंक ८.३९ प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्ट १० करोड ९६ लाख ४३ हजार २७५ र हिमालयन डिस्टिलरी ८ करोड ९९ लाख ५ हजार ८३३ को कारोबार भएको छ । आज सबै उपसमुहमा हरियाली छाएको छ । जसमा म्यानुफ्याक्चरिङ प्रोसेसिङ ३.१३ प्रतिशत, फाइनान्स २.७१ प्रतिशत, अन्य २.३३ प्रतिशत, होटल तथा पर्यटक २.२७ प्रतिशत र विकास बैंक २.२० प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP