सोमबार , भाद्र १५, २०८३

काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ । आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले तोसिमाविरुद्ध मुद्दाको सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहँदा तोसिमाले नियमित पारिश्रमिक वा आर्थिक लाभ लिएको मान्न नसकिने अन्तरिम आदेशमा भनिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ का उम्मेदवार कार्कीको उम्मेदवारी कायम राख्ने सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । कार्की लाभको पदमा कायमै रहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP