मंगलबार , बैसाख २९, २०८३

बुटवल । पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन् । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तरगत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै उनले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताए ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्य लगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको बिकास गरिने उनले बताए ।

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट बिकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताए । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे ।

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौं भनि जनतासामू ग्यान्टि गर्नुपर्ने उल्लेख गरे । ‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन् ।’–श्रेष्ठले भने, नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिवद्ध छ । आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुको समृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP