मंगलबार , बैसाख २९, २०८३

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ गतेको निर्वाचनले देश जित्छ कि हार्छ भनेर महान फैसला गर्ने बताएका छन् । कैलालीमा चुनावी सभालाई सम्वोधन गर्दैै अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचन कुनै उम्मेदवार जित्ने वा हार्ने भन्ने मात्र नभई देश जित्ने वा हार्ने भनेर फैसला हुने भएको बताए ।

जनताको उत्साह देखेर मंसिर ४ मा नेकपा एमाले जित्ने निश्चित भएको र मंसिर ४ पछि एमालेको सरकार बन्ने उनको भनाई थियो। ‘फुटेका हाडीका टुक्रा जोडेर बनाउने कठपुतली होइन हामीले देश बनाउने राष्ट्रिय शक्ति निर्माण गर्नु छ’, उनले भने, ‘देशको सार्भमौतसत्ताको, स्वाधिनताको रक्षा गर्न सक्ने, देशको भुमीको रक्षा गर्न सक्ने , देशको हित र जनताको हित संरक्षण गर्ने शक्ति बनाउनु छ ।’

देशलाई स्थिरता र स्थायित्व कायम गरेर विकासको महान अभियान वोकेको शक्ति आबश्यक भएको उनले बताए । ‘चारतिर फर्केका अनेक स्वार्थ बोकेका र खानका लागि गठजोड बनाएका शक्तिको सरकार बनाउनुको कुनै अर्थ छैन’, उनले भने, ‘एमाले बाहेक बहुमतको एकल सरकार बनाउने सक्ने शक्ति नेपालमा छैन ।’

नेकपा एमालेसँग एक्लै लड्न सक्ने कुनै पार्टीसँग हिम्मत नभएको उनले दावी गरे । गठबन्धनका दलहरुले आ–आफ्ना घोषणा पत्र निकालेको उल्लेख गर्दै गठबन्धन जितेमा कसको घोषणा पत्र लागू गर्ने प्रश्न गर्दैै उनले भने, ‘उनीहरुले लागू गर्न घोषणा पत्र ल्याएका नै होइनन् , जनतालाई अल्मल्याउनु हो ।’

गठबन्धनसँग प्रधानमन्त्री बन्न लायक ब्यक्ति कोही नभएकाले प्रधानमन्त्री भनेर घोषणा गर्न नसकेको उनले बताए । एमाले सरकारका पालामा बिकासका धेरै काम भएको चर्चा गर्दै एमालेले अघि सारेको २० ग्यारेन्टीमा देशको विकास र स्मृद्धिको पुरै खाका रहेको उनको भनाई थियो । कैलालीको गेटा मेडिकल कलेजलाई मेडिकल बिश्वबिद्यालयको रुपमा एमालेले अघि सारेको उल्लेख गर्दै अहिलेको सरकारले संचालन गर्न नचाहेको उनले बताए ।

एमालेले महिनावारी भएको वेला महिलाको सुरक्षा र सम्मानका लागी महिनामा १ हजार ५ सय रुपैया दिने घोषणा गरेको उनले बताए । माधव नेपालको पार्टीलाई पानीमा भिजाएर बनाएको खरानीको डल्लोको संज्ञा दिदै मंसिर ४ गतेको चुनावमा समाप्त हुने बताए । अघिल्लो निर्वाचनको भन्दा आधा सिट कम ल्याउने उल्लेख गर्र्दै प्रचण्डको पनि ठूलो चोक्टा खान गएको झोलमा डुवेको वेहाल अवश्था हुने उनको भनाई थियो । माधव नेपालको पार्टी रित्तो भाँडो भइसकेको उनले बताए ।

कैलालीको अत्तरियामा आयोजित चुनावी शभामा ओलीले मंसिर ४ भन्दा सहभागीहरुले एक स्वरले चर्को अवाजमा ओली सरकार भनेर नारा लगाएपछि उत्साहित हुदै उनले भने–‘मंसिर ४ मा एमाले सरकार बन्यो, बन्यो, यो जनताले भनेको हो, यो जनताको अवाज हो ।’

माओवादी केन्द्रले अपांग बनाएर, शहिद बनाएर, शहिदका परिवारलाई अलपत्र पारेको उनले बताए। अध्यक्ष ओलीले शनिवार डोटीको दिपायल, कैलालीको निर्वाचन क्षेत्र ४ रहेको अत्तरिया, कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीको चुनावी सभालाई सम्वोधन गरेका थिए ।

सुदूरपश्चिमको दार्चुला जिल्लाबाट चुनावी शभाको आरम्भ गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली शनिवार पुनः सुदूरपश्चिम आएर चुनावी शभालाई सम्वोधन गरेका हुन् । गत कात्तिक १८ गते ओलीले दार्चुला, बैतडी र कंचनपुरको चुनावी शभालाई सम्वोधन गरेका थिए । ८ दिनपछि उनी चुनावी शभालाई सम्वोधन गर्न सुदूरपश्चिम आएका हुन । श्री एयरलाईन्स बाट धनगढी पुगेका ओली दिपायल र कैलालीका चुनावी शभालाई सम्वोधन गर्न हेलिकोप्टर प्रयोग गरेका थिए ।

यस प्रदेशका एमालेका नेता भीम रावललाई टिकट नदिएका अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशमा राम्रो नतिजा निकाल्न बढी प्राथमिकता दिएको बिश्लेषण गर्न थालिएको छ । प्रतिनिधी शभामा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम प्रदेशमा वि.सं. २०७४ मा माओवादी केन्द्रसँग गठबन्धन गरेको नेकपा एमालेले ११ सिट जितेको थियो भने माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा जितेको थियो । नेपाली काग्रेसले १ निर्वाचन क्षेत्रमा मात्र जितेको थियो । डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव जितेका थिए । यसैगरी कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका रेशमलाल चौधरीले जितेका थिए ।

अहिले नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा एमालेबाट बिभाजन भएको एकीकृत समाजवादी लगायतको सत्ता गठबन्धनका उम्मेदवारसँग नेकपा एमालेका उम्मेदवार एक्लै प्रतिस्पर्धामा छन् । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले प्रतिनिधिसभामा १० सिट र प्रदेश शभामा ३० सिट जित्ने दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP