मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवी नेपालले राष्ट्र बैंक सानो कुरामा चुक्दा मुलुकको आर्थिक अवस्था विग्रिन सुरु भएको बताउनु भएको छ । उहाँले कोभिड सकिएपछि पनि कोभिड लक्षित न्यून व्याजदरका कर्जाहरुलाई निरन्तरता दिँदा त्यहीबाट आर्थिक अवस्था बिग्रिन सुरु भएको बताउनु भएको हो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको नेपालको वर्तमान बैंकिङ समस्या र समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अव नेपालको अर्थतन्त्र सुधार गर्नको लागि आयात घटाउने तर्फ लाग्नु पर्ने बताउनु भयो ।
२०७६ को अन्त्यमा कोभिड–१९ सुरु भएपछि आम नागरिकको आर्थिक कृयाकलाप बढोस भनेर नेपाल राष्ट्र बैंकले १ देखि ५ प्रतिशत सम्मका १० प्रकारका कर्जा पोलिसी ल्याएको थियो । ‘कोभिड सकियो तर कर्जा पोलिसी हटेन ।’ उहाँले भन्नुभयो–‘१९ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने भन्ने पोलिसीमै थियो, तर ३४ प्रतिशत कर्जा प्रवाह भएको छ ।’

उहाँले अहिले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत बढीको योगदान गर्ने उद्योगी व्यवसायी सडकमा आउँदा सम्बन्धित पक्ष सेन्सेटिभ हुनु पर्ने भनाई राख्नुभयो । यहाँको आर्थिक स्थिती बिग्रिदा त्यसको असर अरु देशमा पनि पर्ने बताउँदै यसलाई सुधार गर्ने तर्फ लाग्न पनि आग्रह गर्नुभयो । पूर्व गभर्नर नेपालले धेरैले मुलुक श्रीलंका जस्तो हुन्छ की भन्ने चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै श्रीलंका जस्तो हुने स्थितीमा भने नरहेको प्रट्याउनु भयो ।

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बैंकको व्याज १५÷१६ प्रतिशत पुग्दा उद्योगी व्यवसायीहरु व्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले बैंकको व्याजलाई एकल अंकमा कायम गर्नुपर्ने पनि भनाई राख्नुभयो । अध्यक्ष कसजूले राष्ट्र बैंकले नयाँ ल्याएको चालु पँजी कर्जा सम्बन्धि नियमले पनि उद्योगी व्यवसायी समस्यामा पर्ने बताउँदै यो नियम तत्काल नयाँ कर्जामा र पुरानालाई विस्तारै समय दिएर लगाउनु पर्ने भनाई राख्नुभयो । उहाँले सरकारले भि.डि.आई.एस. स्रोत नखुलेको पैसाको स्वघोषणा गर्न दिने हो भने पनि केही समस्या हल हुन्थ्यो की भन्ने धारणा राख्नुभयो ।
त्यस अवसरमा नेपाल बैंकर्स एशोसियसनका लुम्बिनी प्रदेश कार्यवाहक संयोजक नविन विष्टले पनि अहिलेको आर्थिक क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण अत्यधिक आयात नै भएको बताउनु भयो । उहाँले आर्थिक क्षेत्रमा समस्या र समाधान दुबै रहेको बताउँदै समस्या समाधानको लागि आयात घटाउने तिर लाग्नुपर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘ईकोनोमीमा खेल्नुपर्ने पैसा उपभोग्य बस्तुको आयात गर्दा पलायन भईरहेको छ, समाधानको लागि आयात घटाउने तिर लाग्नु पर्छ ।’

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराई लगायतले मलुकको अर्थतन्त्रमा आएको समस्याले आफूहरु ठूलो मारमा परेको बताउँदै समस्या समाधानको लागि राष्ट्र बैंकले भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । –––
कबिन्द्र नेपाल
९८५७०३३८७६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP