शुक्रबार , असार १२, २०८३

काठमाडौं । चीनको सँस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल एयरलायन्सको विमानबाट आज (शुक्रबार) राति साढे १० बजे काठमाडौं आउने भएका छन् । उनी नेपाल एयरलायन्सको आरए ४०२ फ्लाइटबाट हङकङ हुँदै काठमाडौं आउन लागेका हुन् ।

भूकम्पपछि चीनको सहयोगमा पुनर्निर्माण भएका सम्पदाहरूको अवलोकन गर्न उनी नेपाल आउन लागेका हुन् । पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबाहकले चिनियाँ मन्त्रीको नेपाल भ्रमणबारे पुष्टि गर्दै चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।

नेपालमा निर्वाचनको माहौल तातिरहेका बेला हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थ पूर्णरूपमा लिइएको छ । यद्यपि उनको भ्रमणलाई राजनीतिक हिसाबले हेर्न नहुने परराष्ट्र स्रोतले जानकारी दियो । ‘उहाँ चिनियाँ सहयोगमा बनेका सम्पदाहरु अवलोकन गर्न आउन लाग्नु भएको हो । उहाँको भ्रमणलाई राजनीतिकरूपले नहेरौं,’ स्रोतले भन्यो ।

नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्री छ्युनले वसन्तपुरस्थित हनुमानढोकाको ९ तल्ले दरबार अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ । त्यस्तै मन्त्री छ्युन पशुपतिनाथ मन्दिर, पाटनस्थित कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका रहेको परराष्ट्र स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP