मंगलबार , बैसाख ९, २०८२

काठमाडौँ । बंगलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिको जितेको छ । आज (शुक्रबार) ढाकामा बंगलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि सुशीला केसीले खेलको १४ औं मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यमा रह्यो । तर खेलको ५४ औं मिनेटमा रुमा अख्तेरले गोल गर्दै बंगलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् ।

त्यसपछि खेलको ८९ औं मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।
यो बराबरीसँगै नेपालले चार खेलमा १० अंक जोड्यो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बंगलादेश चार खेलमा सात अंकसहित उपविजेता बन्यो ।

डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बंगलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो । अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP