शुक्रबार , असार १२, २०८३

भैरहवा ।अग्रहरी सेवा समाज रुपन्देहीले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई मतदान गर्ने बताएको छ ।

समाजले शुक्रबार भैरहवामा कार्यक्रम गरेर प्रतिनिधि सभामा खाण र प्रदेश सभा ३ क मा गठबन्धनकै उम्मेद्वार सन्तोष पाण्डेलाई मतदान गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सियाराम अग्रहरीले मुलुकमा गणतन्त्र र संघीयतालाई संस्थागत गर्न तथा आमनागरिकको र उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधान गर्न खाणबाहेक अरुले नसक्ने निष्कर्षसहित मतदान गरेर प्रतिनिधि सभा सदस्यमा विजयी गराउने बताउनु भयाे ।

उहाँले भैरहवा र सिङ्गो रुपन्देहीको विकासमा अहिलेसम्म खाणको योगदान अतुलनीय रहेको र आगामी दिनमा त्यही विकासलाई निरन्तरता दिन खाणलाई मतदान गर्ने निष्कर्ष सुनाउदा हल तालीले गुञ्जायमान भएको थियो । खाण निर्वाचित भएर गएपछि आफूहरूले भोगिरहेका समस्या समाधान गर्न पहल कदमी लिनेमा आफूहरू आशावादी रहेको पनि बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार खाण र प्रदेश सभा ३ क का उम्मेदार पाण्डे पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा गृहमन्त्री खाणले नागरिक, उद्योगी, व्यवसायी, मजदुर, किसान सबैले भोग्नुपरेका समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो । नागरिकको सुख दुःखमा आफू सदैव साथमा रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP