शुक्रबार , असार १२, २०८३

बुटवल।बाम लोकतान्त्रीक गठबन्धन रुपन्देही २ का उम्मेद्वारहरुले शुक्रबार पनि घरदैलो कार्यक्रमहरुलाई निरन्तरता दिएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार राष्ट्रिय जनमुक्ति पार्टिका कार्यकारी अध्यक्ष केशब बहादुर थापा(सुर्यवंशी), प्रदेशसभा सदस्य पदका उम्म्ेद्वार २(१) का दीर्घबहादुर केसी(कुमार) र २(२)का बामदेब क्षेत्रीले संयुक्त घरदैलो गरेका हुन् ।

तिलोत्तमा १ को शंकरनर, बनबाटिका, दुर्गामन्दीर, ड्राईभरटोल, शिवचोक लगायत बिभिन्न स्थानमा गरिएको घरदैलोमा प्रतिनिधि सभा सदस्य उम्मेद्वार थापा, प्रदेशसभा सदस्य २(१) का उम्मेद्वार कांग्रेस नेता केसीले संयुक्त रुपमा घरदैलो गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार थापाले रुपन्देही २ ले परिवर्तन खोजेको बताउँदै संविधान बचाउँदै तिलोत्तमा क्षेत्रको बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।

प्रदेशसभा २(१)का उम्मेद्वार केसीले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानको रक्षाको साथै समग्र देशकै बिकासका कामहरु गर्ने बताउँदै सो क्षेत्रमा रहेका समस्या समाधानमा आफुले नियमित काम गर्ने बताए ।

यस्तै बुटवल १३ बेलबास, झोलुङ्गे पुल क्षेत्रमा गरिएको घरदैलोमा प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार थापा सहित प्रदेशसभा सदस्य २(२)का उम्मेद्वार माओबादी केन्द्रका नेता क्षेत्रीले संयुक्त घरदैलो गरेका हुन् । घरदैलोमा बोल्दै उम्मेद्वार क्षेत्रीले गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP