सोमबार , भाद्र १५, २०८३

०७४ मा गरेको बाचा ३० महिनामै पुरा हुदा स्थानिय हर्षित
रुपन्देही।नौं दिनपछि हुने निर्वाचनबाट आम नेपाली जनताले आफ्नो प्रतिनिधि चुन्दैछन । यसपालीको निर्वाचनमा मतदाताले समेत विकास प्रेमी नेता चयन गर्ने भन्दै जसले धेरै विकास गरेको छ उसैलाई भोट दिएर जिताउने प्रतिज्ञा गरेका छन । यसै सन्दर्भमा सैनामैना ७ गौडी क्षेत्रका मतदाता यसपटक पुल बनाएर आफूहरुलाई ठूलो गुन लगाएको भन्दै भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।
रुपन्देहीको सैनामैना नगरपालिका ७ स्थित गौडी अर्थात अहिले नयाँबस्ती निवासी लालपुरी बषौ देखि यस क्षेत्रमा पुल नहुदा आफ्नो गाउँ टापुजस्तै अनकन्टार भएको बताउछन् । इगुरिया नदीले हरेक वर्षको बर्षायाममा कुनै न कुनैरुपमा मानवीय क्षति गथ्र्यो । बर्षायाममा स्थानीय जनता पुल नहुँदा बाहिर जानै सक्दैनथे ।

त्यस्तै गुल्मी जिल्लाबाट २०५६ सालमा बसाई सराई गरेर हालको सैनामैना वडा नं. ७ गौडीमा आएका स्थानिय तुलबहादुर गलामीका अनुसार यस क्षेत्रका स्थानीय बासिन्दाले खासगरी बर्षायाममा बाढी आउँदा बजार जान, वडा कार्यलय जान तथा स्थानिय बजार कलौनी जान आफुहरुले धरै सास्ती भोगेको बताउछन् ।

ईगुरिया नदीले मानवीयमात्रै होइन पशु चौपाया समेत बगाउँदा ठूलो जनधनको क्षति भयो । पुल नहुँदा बर्षौंदेखि घुमाउरो बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयहरुको गुनासो रहेको थियो ।

तर, अहिले अवस्था फेरिएको छ । पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाको जीवनमा अहिले आमूल परिवर्तन आएको छ । पुल वनाउन माग गर्दै स्थानीयले रुपन्देही ५ का निवर्तमान सांसद भरतकुमार शाहलाई आग्रह गरेको तिन वर्ष नहुँदै पुल तयार भएको पुरीको भनाई छ ।

स्थानीयले यसपालीको भोट उनै जनताको पीरमर्का बुझेर पुल बनाउन मद्दत गर्ने भरतकुमार शाहलाई दिने बाचा गरेका छन ।
प्ुल बने संगै अव सैनामैना नगरपालिकाका पूर्व पश्चिम सवै वडासम्म जान सुविधा पुगेको छ । त्यसैले स्थानीय वासिन्दा नजिक आईरहेको चुनावमा कसलाई भोट दिने भन्ने प्रश्न गर्दा निर्धक्क पुल बनाएर जनतालाई सुविधा दिने भरतकुमार शाहलाई यसपटक भोट दिएर जिताउने भन्छन ।

पुल नहुँदा पहिला आफ्नै वडाको बयरकट्टी, देउवापार, दोगहरा तथा कलौनीको बजारसम्म आउन स्थानीय गौडीका जनताले निकै सास्ती पाए । एउटै वडा भएर पनि नजिकको गाउँ शहर जस्तै तर आफ्नो गाउँ भने श्रीलंका टापु जस्तो बनेकोमा स्थानीयमा ठूलो पीडा थियो । पुलका लागि अनेक गुहार गरे तर अन्तिममा संघीय सांसद भरतकुमार शाहलाई आफ्नो बेदना पोखे । सांसद शाहले पनि सांसदको भूमिकामै हुँदा बजेटको व्यवस्थापन गरेर पुल बनाउन ठूलो सहयोग गर्नुभयो । अहिले स्थानीय बासिन्दामा खुसीको सिमा छैन । पहिलेको अनकन्टार टापु अहिले सुगम बनेको छ ।

स्थानीय महिला देवकला घर्तीले पुराना दिनहरु स्मरण गर्दा आफूहरुले निकै सास्ती खेपेको सुनाउँछिन । इँगुरिया नदीले बर्षेनी गर्ने मानवीय क्षति उनीहरु अहिलेपनि झलझली सम्झन्छन । पारीका गाउँ त्यो पनि बजार पुग्न उनीहरुलाई कम्ती सकस थिएन । कन्चन गाउँपालिका र लुम्विनीसम्म जान उनीहरु घुमाउरो बाटो प्रयोग गर्न बाध्य थिए । अहिले पुल हुँदाको सुख उनीहरु शब्दमा बर्णन गर्न सक्दैनन । धेरै नेता र जनप्रतिनिधिलाई पुल बनाईदिन आग्रह गर्दा पनि कुनै सुनुवाई भएन । अन्त्यमा भरतकुमार शाहले पुल बनाउन सहयोग गर्नुभयो । उहाँकै नेतृत्वमा पुलका लागि बजेट प¥यो । महिलाहरु पनि यो निर्वाचनमा पुल वनाउन सहयोग गर्नेलाई नै भोट दिने सगर्व बताउँछन ।

मंसिर ४ गते हुने निर्वाचन नजिक आउँदै गर्दा मतदाताले समेत विकास प्रेमी उम्मेदवार छनौट गर्ने बताईरहँदा भरतकुमार शाहको नाम रुपन्देही क्षेत्र नं. ५ मा अग्रपंक्तिमा लिने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP