मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शुक्रबारं नेपाल र बंगलादेश भिड्दै छन् । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुने जनाइएको छ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्न लागेको हो ।

यो खेलको विजेताले उपाधि जित्नेछ । नेपालले यो खेलमा बराबरी गरे मात्रै पनि पुग्नेछ । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अङ्कका साथ शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा नेपालले बंगलादेशलाई १–० गोलले हराएको थियो ।

यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा १–० गोलले हराएको थियो । त्यस्तै, बंगलादेशले भुटानलाई ८–० र ९–० गोलले हराएको थियो । भुटान अङ्कविहीन हुँदै बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP