आइतबार , बैसाख ७, २०८२

नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका गौतमले प्रचण्डसँग सहकार्य गर्न प्रस्ताव गरेका हुन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डसँग १ घण्टा छलफल गरेका गौतमले प्रचण्ड–नेपाल पक्ष नेकपा नै मूल पार्टी भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्मानजनक बर्हिगमन गरेर नेकपाकै नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव राखेको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटा जुगलले रातोपाटीलाई जानकारी दिए ।

जवाफमा प्रचण्डले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने बताएका थिए । पार्टीमा प्रधानमन्त्री ओलीले गडबडी गरेका कारण नै अहिलेको परिस्थिति उत्पन्न भएको र अब पार्टीलाई पहिलो बनाएर लैजानेबारे अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतम बिचको छलफल सकारात्मक रहेको सापकोटाले बताए ।

नेकपा विभाजनपछि पार्टी एकताको पक्षमा रहेका गौतमले पार्टी एकता समिति गठन समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP