मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाकाउम्मेदवार नेपालीकांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपालीकांग्रेसले सुकुम्वासी समस्या समाधानगर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतकाविभिन्न स्थानमाविहिवार भएको घरदैलो तथाचुनावी सभालाई सम्वोधनगर्दै उम्मेदवार शाहले यसअघि गाउँब्लकको समस्या समाधानभएको बताउँदै आगामीदिनमा नेपालीकांग्रेसको नेतृत्वमावन्ने सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले रुपन्देही ५ मा धेरै विकासकाकामभएको बताउँदै आगामीदिनमापनि क्षेत्र नं. ५ का साना साना योजनापनि सम्पन्नगर्ने गरी त्यसलाई संघ, प्रदेश र पालिका स्तरमाविभाजनगरि अघि बढाउने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा रुपन्देही ५ क बाट गठबन्धनका तर्फबाट प्रदेश सभाकाउम्मेदवार नेकपामाओवादीका केन्द्रिय सदस्यविनोद पहाडीले गठबन्धनको तर्फबाट आफू उम्मेदवार बनेको बताउँदै स्थानीय स्तरका समस्या समाधानगरि क्षेत्रलाई विकासको गतिमा अघि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले विगतमा नेकपाएमालेको सरकारले विकासकानाममा केहीपनिनगरेको भन्दै अहिले धेरै काम गरेको भनेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममाबोल्ने गठबन्धनका नेताकार्यकर्ताहरुले मंसिर ४ गते हुने निर्वाचनबाट गठबन्धनको जीत सुनिश्चितहुने यहाँकामतदाताको गठबन्धन दलहरुप्रतिको विश्वासले देखिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP