मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । निर्वाचन आयोगले आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ । आयागले सानोठिमी क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न त्रिभुवन विश्वविद्यालयमार्फत् निर्देशन दिएको हो । साथै सानोठिमी क्याम्पस प्रमुखलाई स्पष्टीकरण पनि सोधिएको छ ।

यो क्याम्पसले निर्वाचन आचारसंहिता लागू भइसकेपश्चात विज्ञापन खोलेको थियो । ‘उल्लेखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ । साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउन समेत अनुरोध छ,’ पत्रमा भनिएको छ ।

आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ । ‘आयोगको सहमति नलिइ उक्त प्रक्रिया अगाडि बढाउनु भएको होइन भन्ने आधार प्रमाण के छ ? यदि आंशिक प्राध्यापकलाई करार गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिता बमोजिम कारवाही किन हुनु नपर्ने हो ?,’ आयोगले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP