मंगलबार , बैसाख २९, २०८३

इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) मा नेपालमा जलवायु परिवर्तनले पुर्‍याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ ।

आगामी मंसिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन बुधबार ग्रामीण पुनर्निर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ ले निर्माण गरेको सो वृतचित्र प्रदर्शन गरिएको हो ।

जलवायु वित्तमा महिला सहकारीको भूमिका विषयक कार्यक्रममा प्रदर्शन गरिएको वृतचित्रमा विशेष गरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको असरबारेमा चित्रण गरिएको छ । वृतचित्रमार्फत ‘कालापत्थर घोषणापत्र’ कार्यान्वयन सम्बन्धमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराइएको फाण्डेसनका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

फाण्डेसनको आयोजनामा गत वर्षको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका विभिन्न क्षेत्रमा ४० अगुवा महिलाको समूहले संयुक्त पैदलयात्रा गरी सर्वाेच्च शिखर सगरमाथाको कालापत्थरमा विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको थियो ।

‘वुमन्स भ्वाइस फ्रम द हिमालयाज’ शीर्षकको वृतचित्रमा नेपालका उच्च हिमालय, मध्य पहाडदेखि तराईमा जलवायु परिवर्तनको असरले पुर्‍याएको क्षति र त्यसले महिलाको जनजीवनमा पारेको प्रभावबारे समेटिएको छ । वृत्तचित्रमा सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा हिउँको कमी हुँदै गएको, हिमनदी पग्लिने क्रम बढेको, पहाडी क्षेत्रमा बढ्दो बाढी पहिरो र त्यसबाट हुने क्षति, तराईमा बेमौसमी वर्षाले जनधन र अन्नबालीमा पु¥याएको क्षतिलगायत विषय समेटिएका छन् ।

यसैगरी सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी पहिरोको दर्दनाक दृश्यदेखि डोल्पामा यसै वर्ष विपद्ले पु¥याएको क्षति समेत वृत्तचित्रमा समावेश छ । कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि बर्सेनि जलवायु परिवर्तनको क्षतिबाट भने नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाका जलवायुसम्बन्धी सल्लाहकार डा माधव कार्की, एलडिसी वाचका अर्जुन कार्की, एपिएमडिडीका लिडी नेक्पील, दिगो विकास इन्स्टिच्युटका आरती पौडेललगायतले जलवायु परिवर्तनका असरले महिलाको जनजीवनमा पारेको प्रभाव र त्यसको समाधान सम्बन्धमा अपनाउनुपर्ने विषयका बारेमा विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP