सोमबार , भाद्र १५, २०८३

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेशलाई चार अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न यो सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता भएको आईएमएफले जनाएको छ ।

रूसले युक्रेनमा आक्रमण थालेपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अरु एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बंगलादेश पनि प्रभावित भएको छ । झण्डै १७ करोड जनसंख्या भएको दक्षिण एसियाली देश बङ्लादेशले यस वर्षको सुरुमा आईएमएफसँग सहयोग अनुरोध गरेको थियो ।

पछिल्लो समय बंगलादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ । युक्रेनमा रूसको आक्रमणका कारण बङ्लादेशको आर्थिक पुनरूत्थानमा अवरोध पुगेको आईएमएफका टोली प्रमुख राहुल आनन्दले बताएका छन् । बंगरण्लादेशले चालु खाता घाटा, विदेशी मुद्रा सञ्चितिमा गिरावट, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँगै जलवायु परिवर्तनको समस्या पनि भोग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP