शनिबार , बैसाख ६, २०८२

अब प्राथमिक सेयर (आइपिओ)को नतिजा तीन वटा वेबसाइटबाट मात्रै हेर्न पाइने भएको छ।

यसअघिसम्म विभिन्न सञ्चार माध्यमलाई समेत आइपिओको नतिजा बाँडिँदै आएकोमा अब भने यस्तो कार्य बन्द गर्न निर्देशन दिइएको सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए।

‘लगानीकर्ताको डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित राख्नुपर्ने बिनियमावलीअनुसार संचार माध्यमलाई व्यक्तिगत विवरण नदिन हामीले सबै बिक्री प्रवन्धकलाई निर्देशन दिएका छौं’ सिइओ आचार्यले सेतोपाटीसँग भने।

भोलि शुक्रबार महिला लघुवित्तको आइपिओ बाँडफाँड हुँदै छ। सो कम्पनीको आइपिओ पनि ३ वटा वेबसाइटबाट मात्रै हेर्न पाइने छ।

सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ।

यसअघिसम्म विभिन्न संचार माध्यमहरुले समेत आइपिओको नतिजा राख्दै आएका थिए।

लगानीकर्ताको विवरण चुहावट भई दुरुपयोग हुन सक्ने संभावित जोखिमलाई न्यूनीकरण गर्न यसले मद्दत पुग्ने आचार्यले बताए।

आइपिओको नतिजा डिम्याट खाता नम्बरका आधारबाट हेरिन्छ। यसरी डिम्याट खाता नम्बरसहितका विवरण संचारमाध्यमलाई पनि दिएको भन्दै लगानीकर्ताले आपत्ति जनाउँदै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP