मंगलबार , बैसाख २९, २०८३

डोटी । गए राति डोटिस्थित खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु भई आएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ मा ६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालय बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार भूकम्पका कारण ८ जना घाइते भएका छन् भने १० घर पूर्णरुपमा क्षति भएको छ । ‘अछाम, बाजुरा, कैलाली जिल्लामा समेत केही घरमा क्षति पुगेको सुचना प्राप्त भएको छ,’ गृहले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउने व्यक्तिहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ ।

‘तत्कालको खोज, उद्दार तथा राहतका लागि स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय बासिन्दा समेत परिचालन भई घाइतेहरुको उद्धार कार्य भई ६ जनाको स्थानीय अस्पतालमा र २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल, धनगढीमा पठाइएको छ,’ गृहले भनेको छ ।

भूकम्पबाट भएको जनधनको क्षतिको विवरण संकलनको कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन कार्यालय मार्फत भइरहेकोमा पूर्ण विवरण प्राप्त भएपछि जानकारी गराइने गृहले जनाएको छ ।

‘विपद्मा मृत्यु भएका परिवारलाई तथा पूर्ण तथा आंशिक घर क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्ध मिलाउनुका अतिरिक्त घाइतेहरुको उपचारको व्यवस्था मिलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । गृहले भूकम्प प्रभावित क्षेत्रमा प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामाग्री पठाइसकिएको जानकारी गृहले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP